स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव

  • १७ फाल्गुन २०७३, मंगलवार
  • निर्मल खत्री
  • 1566 पटक पढिएको

k|wfgdGqL lgjf; jfn'jf6f/df j;]sf] sf+u|]; g]skf dfcf]jfbL s]Gb| / dw]zLbnsf] ;+o'Qm j}7s j:b} . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं, १७ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने संकेत गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुको बैठक बोलाएर उनले संशोधन फेल हुने गरी प्रक्रिया अघि नबढाउने प्रस्ताव राखे । संशोधन पास गराउनै पर्छ भन्दै उनले समय लिएर पास गराउने गरी मात्र अघि बढाउनु पर्नेमा जोड दिएका हुन् ।

तर, मधेसी मोर्चाका नेताहरुले बोल्नु नै कांग्रेस सभापति शेरबहादुर देउवाले समय मागे । राप्रपाका नेताहरुसँग आफ्नो आज कुराकानी हुने भन्दै देउवाले त्यसपछि मात्र कुनै निष्कर्षमा पुग्नु उपयुक्त हुने बताएका छन् ।

लगतै मधेसी मोर्चाका नेताहरु भोलि नै छलफल गरौंला भनेर उठेका छन् । र, प्रधानमन्त्रीको प्रस्तावबारे छलफल गर्न आकस्मिक बैठक बस्दैछ ।

निर्मल खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l