काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हूँदा यात्रुहरु समस्यामा

  • ६ आश्विन २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 2067 पटक पढिएको

म्याग्दी, ६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुदाँ मुस्ताङको कागबेनीमा सोह् श्राद्ध गरेर घर फर्कन लागेका तिर्थयात्री, आन्तरीक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दा बाटोमै अलपत्र परेका छन् । जोमसोमबाट बेनीतर्फ आउने सवारी साधन घाँसा र बेनीबाट जोमसोमतर्फ जान हिडेका सवारी साधन काभ्रेमा रोकीएका छन् । कोप्चेपानी पहिरोथाप्ला घाँसा बैकल्पीक मार्गबाट यात्रुहरु ओहोरदोहोर गरेपनी सवारी साधन ठप्प भएका बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रशिङ शेरचनले बताउनुभयो ।

डेढ देखि दुई घण्टा घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता रहेको छ । पहिरो पन्छाउन २ वटा डोजर परिचालन गरिएपनी शुक्रबार दिउँसोसम्म सडक खुल्न सकेको छैन् । निरन्तरत पहिरो खसेकाले सडक खुलाउन समस्या भएको छ । पहिरो गएको ठाउँबाट मानिसहरु समेत आवत जावत गर्न कठिन छ । यात्रुहरुलाई खाने बस्नेको समस्या भएको छ । तिर्थयात्रा, पर्यटक र स्याउ ढुवानीको मुख्य सिजनमा पहिरो जाँदा मुस्ताङको जनजिवन प्रभावित भएको छ ।

सन्तोष गौतम