नेकपा माओवादी केन्द्र बेनपा ६ को विस्तारीत बैठक सम्पन्न
- ६ आश्विन २०७४, शुक्रबार
- 1829 पटक पढिएको
म्याग्दी, ६ असोज । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका–६ को विस्तारित बैठक सम्पन्न भएको छ । बिजया दशमीको अबसरमा शुभकामना आदान प्रदान सहित आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि झण्डै २ दर्जन व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
सो अबसरमा नयाँ शक्ति पार्टीको अन्र्तराष्ट्रिय व्युरो मकाउका महासचिब राजेन्द्र केसी नेतृत्वमा एक दर्जन र अन्य समेत गरि माओवादी केन्द्रमा समाहित भएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, विनोद केसी, सोमनाथ ढुंगाना लगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संयोजक पौडेलले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा माओवादी केन्द्रको पक्षमा नतिजा ल्याउने गरि शसक्त भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । यादब आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको नगेन्द्र केसीले सञ्चालन गर्नुभएको थियो ।