पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

  • १४ चैत्र २०८२, शनिबार
  • 9 पटक पढिएको

बालेन नेतृत्वको सरकार गठन भएको भोलीपल्ट नै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले ओली र लेखकलाई हेलचेक्र्याइँ गरी ज्यान मारेको् अभियोगमा पक्राउ गरेको छ।


जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूको लापरवाहीले ज्यान मार्ने घटना भएको ठहर गरेको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन नेतृत्वको मन्त्रिपरिषद् को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।केही दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो ।त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो ।

प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो ।नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरु बाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । ओली र लेखकलाई विहान झिसमिसेमा आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ओली र लेखकलाई प्रहरी परिसर राखिएको छ । गृहमन्त्री सुधन गुरुङले कार्यभार सम्हाले लगत्तै शुक्रवार राती नै प्रहरी अधिकृतहरुसंग छलफल गर्नुभएको थियो । गृहमन्त्री गुरुङले प्रतिशोध नभएर कानुनी राज्यको सुरुवात भएको प्रतिकृया दिनुभएको छ । ओली पक्राउ घटनाको नेकपा एमालेले विरोध जनाएको छ ।