नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको जिल्ला अधिबेशन सुरु

  • १७ भाद्र २०७४, शनिबार
  • धिरन खत्री
  • 2279 पटक पढिएको

म्याग्दी,१७ भदौँ । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीकोे १२औँ जिल्ला अधिवेशन सुरु भएको छ । शिक्षण पेशामा आवद्ध जिल्लाका शिक्षकहरुको नया कार्यसमिति चयन गर्नका लागि १२ औँ जिल्ला अधिवेशन शनिबार बजार ¥याली गरि सुरु गरिएको हो ।


अधिबेशनलाई उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय महासचिव लक्ष्मण शर्माले शिक्षण पेशामा आवद्ध शिक्षकहरुले प्रभावकारी रुपमा कतव्र्य पालना गरेपनि हक अधिकार सरकारले स्पष्ट रुपमा तयार नपारेको हुदाँ अन्योलता सिर्जना भएको बताउनभयो । समृद्ध र समुन्नत राष्ट्र बनाउन गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका शिक्षकहरुका लागि भएको समस्या समाधान गर्न निरन्तर लागिरहेको हुदाँ नेपाल राष्ट्रिय शिक्षक संगठन प्रतिबद्ध भएको बताउनुभयो । यसमा सबै शिक्षक संगठनहरु पनि सहकार्य गर्न आग्रह गर्नुभयो । १२ औँ जिल्ला अधिवेशनबाट निर्वाचित टिमले शिक्षक र शिक्षण पेशामा रहेका समस्या समाधान गर्न प्रभावकारी भुमिका देखाउनुपर्ने बताउनुभयो ।


त्यस्तै जिल्ला शिक्षा अधिकारी रामप्रसाद श्रेष्ठले शिक्षण पेशामा भएको कमिकमजोरलाई निराकरण गरि गुणस्तरिय शिक्षा प्रदान गर्न उपस्थित शिक्षकलाई आग्रह गर्नुभयो । शिक्षकहरुको पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सधै जिल्ला शिक्षा कार्यालय प्रतिवद्ध भएको बताउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गारामा सुवेदी, एकिकृत अखिल शिक्षक संगठनका सदस्य गोविन्द्र पौडेल, नेपाल निजामति कर्मचारी संघ म्याग्दी अध्यक्ष भोजबहादुर थापा, अनेरास्ववियू जिल्ला उपाध्यक्ष ईश्वर सुवेदी लगायतले १२ औँ जिल्ला अधिबेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष बालकुमार रोकाको अध्यक्षता, उपाध्यक्ष थममाया पुनको स्वागत, सचिव जयराम सुवेदीको संचालनमा भएको अधिबेशनमा संगठनमा आवद्ध शिक्षकहरुको उपस्थित रहेको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l