मदिरा सेवन गरि निस्कोटमा छिमेकीलाई कुटपिट, कुटपिट गर्ने पुन प्रहरी नियन्त्रणमा

  • १५ भाद्र २०७४, बिहीबार
  • 3139 पटक पढिएको

म्याग्दी, १५ भदौ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा एक व्यक्तिले मदिरा सेवन गरि छिमेकिलाई कुटपिट गरेका छन् । बुधबार अत्याधिक मदिरा सेवन गरेका स्थानीइ खड्कलाल पुनले छिमेकी लालमान विकलाई कुटपिट गरेका हुन् । विकलाई विना कारण कुटपिट गर्दा नाख, मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

पुनको कुटपिटबाट विकको नाखबाट रगत बगेपछि उनलाई प्राथमिक स्वास्थ्य चौकी दरवाङमा ल्याएर उपचार गरिएको थियो । विकको अबस्था सामान्य अबस्थामा रहेकाले उनलाई कुटपिट गर्ने पुलनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। निर्घात रुपमा कुटपिट गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दरबाङबाट खेटिएको टोलिले पुनलाई गाउँबाटै नियन्त्रणमा ल्याएको थियो ।

एक महिना अगाडी समेत घाईते विकको श्रीमति संग पुनले झगडा गरेका थिए । सो झगडालाई स्थानीय जनप्रतिनिधिहरुले स्थानीयस्तरमै मिलापत्र गराएपनि पुनले पुनः गल्ती दोहोराएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।