कारागारका कैदीलाई पुस्तक हस्तान्तरण
- १५ भाद्र २०७४, बिहीबार
- धिरन खत्री
- 2351 पटक पढिएको
म्याग्दी, १५ भदौँ । जिल्ला कारागार म्याग्दीमा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । दशौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा म्याग्दी सामुदायिक पुस्तक र पुस्तकालय संजाल समिति म्याग्दीको आयोजनामा जेल जीवन बिताएका कैदीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको हो ।
चौकीधार प्रमुख कमल पुर्जालाई पुस्तक तथा सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुृख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानेर व नजानेर जेला जीवन रहनुभएका युवा शक्तिहरु विगत कमीकमजोरीबाट मुक्त भएर नया संसार निर्माण गर्न यी उपलब्ध पुस्तकले महत्वपुर्ण सहयोग गर्ने हुदाँ फुर्सदका समयमा पढ्न कैदीलाई आग्रह गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्व रेग्मीले कैदमा रहेर पुस्तकको अभाव भएका विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, कारागार प्रमुख नविन सुवेदी, विद्यालयमा पुस्तकालय अभियानका संयोजक हरिकृष्ण गौतम लगायतका उपस्थित भएको थियो ।
जिल्ला कारागार म्याग्दीमा १६१ थान किताव, खेलकुद सामाग्राी हस्तान्तरण गरिएको थियो । म्याग्दी सामुदायिक पुस्तकालय र पुस्तक संजाल समिति र सगुन स्टेशनरिले पुस्तक र नमस्ते बहुउद्देश्यले खेलकुद सामाग्री कारागारका लागि उपलब्ध गराएको म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावल जानकारी गराउनुभयो ।
म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलको अध्यक्षता, धनज्य श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रम् भतm कार्की संचालनमा सम्पन्न भएको थियो । अहिले जिल्ला कारागार म्याग्दीमा ८५ जना कैदी छन् । भने १ जना नाबालक, ५ जना महिला र ७९ पुरुष रेहको कारागारले जानकारी गराएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l