रघुगंगाको केन्द्र बहुमतले मौवाफाँट राख्ने निर्णयप्रति झिँ र पाखापानीका जनप्रतिनिधिको विरोध
- ८ भाद्र २०७४, बिहीबार
- 5044 पटक पढिएको
बेनी ८ भदौ । झिँ र पाखापानीका जनप्रतिनिधिहरु रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाटमा कायम गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् ।रघुगंगा गाउँपालीकाको ५ नम्बर वडा झिँ र ६ नम्बर वडा पाखापानीका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले जवरजस्ती मौवाफाँटमा केन्द्र कायम गर्ने निर्णय गरेको भन्दै बिरोधमा उत्रिएका हुन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले एक विज्ञप्ती जारी गर्दै चिमखोलाले धोका दिएकाले पाखापानीमा केन्द्र कायम गर्न नसकेको खुलासा गर्नुभएको छ ।
उहाँले दर्मीजामा केन्द्र बनाउने सहमती गरेका चिमखोलाका जनप्रतिनिधीहरु मौवाफाँटको पक्षमा भएपछि आफूहरु अल्पमतमा परेको आरोप लगाउनुभएको छ । यसैगरी झिँका जनप्रतिनिधिहरुले पाखापानी स्थित गाउँपालीकाको कार्यालयमा जान हिडेका निमित्त कार्यकारी अधिकृत दयाराम पौडेललाई बिहीबार झिँबाटै सदरमुकाम बेनी फर्काएका छन् ।
मौवाफाँटमा केन्द्र बनाउने निर्णयप्रती आफूहरुको असहमती र जनताको आक्रोश चर्कीएको अवस्थामा कर्मचारी पाखापानी जाँदा असहज वातावरण सिर्जना हुने देखिएकाले निमित्त कार्यकारी अधिकृतलाई फिर्ता पठाएको झिँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो ।
“केन्द्र परिवर्तन गर्ने विषयको निर्णय गर्ने प्रक्रिया र हाम्रो समस्याको सुनुवाई नगरीकन गरिएको निर्णयप्रती असहमती छ । जनता आक्रोशित भएका छन् । गाउँपालीकाका अध्यक्ष, उपाध्यक्षले हाम्रो समस्याको सम्बोधन नगरेसम्म अरु कर्मचारीलाई कार्यालय सञ्चालन गर्न नदिने निर्णय गरेका छौ” शेरपुञ्जाले भन्नुभयो ।
रघुगंगा गाउँपालीकाको सोमबार बसेको गाउँसभाका सदस्यहरुको बहुमतका आधारमा वडा न. ३ पिप्लेको मौवाफाँटमा केन्द्र तोक्ने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि सरकारलाई सिफारीस गरेको छ । बेग, भगवती, पिप्ले, दग्नाम र चिमखोला मौवाफाँटको पक्षमा मतदान गरेका थिए भने कुईनेमंगलेले पाखापानीलाई मतदान गरेका थिए । झिँ र पाखापानीले निर्णय प्रती असहमती जनाउँदै बैठक बहिस्कार गरेका थिए ।
जस्तै बेग्खोला का जनता हरु पाखापानी केन्द्र राख्दा बिरोध मा उत्रेका थिए यदि पाखापानी र मवाफात केद्र ले गर्दा एत्रो समस्या आयको थियो बरु अलि फरक थाउ मा गरिदिएको भय कोहि बोल्नै पाउनथिए होला कुहिने को जन्ता अब कति खोला डाडा पार गर्नु पर्छ मवाफात जादा जस्तै बेग्खोला लाई पाखापानी केन्द्र हुदा जस्तै जे भएनि जहाँ भएनी नेता हरुले छितै अपाएक ठाउँ को जन्तालाई सजिलै सुबिधा दिने बाताबरण गरि दिनु पर्यो
निर्णय बहुमतको हुनु पर्छ र जनताको सुविधालाई पनि हेर्नुपर्छ ।