जापानमै जटिल रोगबाट पीडित बनेका म्याग्दीका बुढाथोकीको उपचारार्थ सहयोग अभियान

  • १२ चैत्र २०८१, बुधबार
  • 975 पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका– ४ घर भई हाल जापानमा रहनुभएका चोकबहादुर बुढाथोकी गम्भिर स्वास्थ्य समस्याबाट पिडित बनेपछि उपचारार्थ सहयोग अभियान चलाईएको छ । जापानस्थित फुकुओकाको ईन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत बर्ष २३ का चोक बहादुर बुढाथोकी जापान आएको २ बर्ष १० महिना नबित्दै शरिरमा रगत उत्पादन नहुन रोगबाट ग्रसित भएपछि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले सहयोग अभियान चलाएको हो ।


अहिले जापान को फुकुओकामा रहेको हारा सानसिन हस्पिटलमा उपचाररत रहेका बुढाथोकीकोे उपचार जापानमा खर्चिलो हुने र अस्पतालका डाक्टरहरुको सुझाव अनुसार भारत स्थित इन्द्राप्रास्था एपोलो मा गर्दा व्यभार कम पर्ने भएकाले उनको थप उपचारका लागि आर्थिक संकलन थालिएको छ । बुढाथोकीको बोनम्यारो प्रत्यारोपण गर्न नेपाली करीब रु ४० लाख बराबर खर्च हुने र घरपरिवारको आर्थिक अबस्था कमजोर रहेको, परिवारको आफ्नो आर्थिक स्थितीले मात्र यो उपचार गर्न संभव नरहेको देश बिदेशमा रहनुहुने संपूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, बिभिन्न संघ सस्थाहरुमा आर्थिक सहयोगको अपिल गरिएको मोना जापानका प्रवक्ता कमल बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार, मोना जापानले संस्थागत रुपमा ५० हजार ऐन सहयोग गरेको छ भने विभिन्न सहयोगदाताबाट समेत सहयोग संकलन हुन थालेको छ ।