निर्माणधिन सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
- ६ चैत्र २०८१, बिहीबार
- 2495 पटक पढिएको
म्याग्दी,७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको पाखापानीमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निर्माणधिन अवस्थामा रहेको लुलाङ–गुर्जा सडकखण्ड अन्तर्गत देउरालीदेखि लुलाङ तर्फ जादै गरेको ग १ त ७१९६ नम्बरको ट्याक्टर सडकदेखि करिब १५० मिटर तल खोचमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर लुलाङका २१ बर्षिय पूर्णलाल रसाईलीको घटनास्थलमा र १८ बर्षका डेबिन बिकको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि बेनीतर्फ पठाईएको छ । स्थानीयबासी र जनप्रतिनिधिहरुले घाइतेहरुको उद्धार गरेका थिए । घटना लगत्तै ताकम प्रहरी चौकी र इलाका प्रहरी चौकी दरबाङबाट खटिएका प्रहरी टोलीले घटनाको अनुसंधान सुरु गरेको छ ।