डम्बरामा बोधिचित्तको विरुवा रोपियो

  • ३ भाद्र २०७४, शनिबार
  • 2103 पटक पढिएको

म्याग्दी, ३ भदौ । लायन्स क्लव अफ बेनी पिस सिटीले बेनी नगरपालिका– ६ डम्बरामा बोधिचित्तको विरुवा रोपण गरिएको छ । वडा अध्यक्ष कृष्ण बहादुर बानियाँको प्रमुख आथित्यतामा सुन्दर डम्बर टोल सुधार समितिसंग सहकार्य गरी शिवमन्दिरको गुठी आसपासका क्षेत्रमा २५ गोटा विरूवा रोपण गरिएको थियो ।

लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ ‘वि’ १ अन्र्तरगत स्थापना भएको क्लवले यसअगाडी सोही सामुदायिक बनमा ५० वटा विरुवा लगाएको क्लवका अध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार एउटा विरुवाको ८ सय रुपैयाँ पर्छ । जिल्लामा बोधिचित्तको सम्भावना देखिएपछि क्लवले विरुवा खरिद गरेर डम्बराबाट अभियान सुरु गरेकोमा आगामी दिनमा अन्य सामुदायिक बनमा समेत अभियान मार्फत सहयोग गर्ने क्लवले जनाएको छ ।

बोधिचित्तको मालाबाट जप, ध्यान र मन्त्रोच्चारण गर्दा चिताएको पुग्ने, सिद्धि प्राप्तहुने र अन्जानमा गरेको पाप काटिने र मृत्युपछि पनि शान्ती प्राप्तहुने विश्वास रहेकाले पनि नेपालका केही जिल्लामा यसको ब्यवसायीक खेतीबाट रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

समुन्द्र सतहबाट ४ सय देखी २५ सय मिटर सम्म लगाउन सकिने भएकाले म्याग्दी जिल्लाको जमिनतथा माटो समेत बोधिचित्तका लागि उपयुक्त मानिन्छ । स्थापना कालको छोटो समयमा क्लवले आर्थिक अवस्था कमजोर भएकालाई आपतकालिन उपचार कोष, गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक अभिभावक, स्वास्थ्य शिविर लगाएतका सामाजिक कार्यमा सहयोग गरेको छ ।