राखु समाज अष्ट्रेलियाबाट मिर्गौला पिडित भण्डारीको उपचारमा रु १ लाख ६० हजार सहयोग

  • ११ कार्तिक २०८१, आईतवार
  • 3 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुको साझा संस्था राखु समाज अष्ट्रेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख ६० हजार सहयोग गरिएको राखु समाज अष्ट्रेलियाका अध्यक्ष शिब रकालले जानकारी दिनुभयो ।

मिर्गौला संगै आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेपछि रघुगंगा गाउँपालिका– २ र ३ नम्बर वडा राखुबासीले आर्थिक संकलन गरिएको महासचिब कृष्ण भण्डारीले बताउनुभयो । अस्पतालमा उपचार गराउन नै समस्या भएपछि परिवारले सहयोगको याचना गरेको म्याग्दीअनलाइन मार्फत समाचार प्रकाशन भएपछि दुई दिनमै सहयोग संकलन गरेर पठाइएको राखु समाज अष्ट्रेलियाका प्रवत्ता गोकुल भण्डारीले बताउनुभयो । उहाँका अनुसार, सहयोग रकम पीडित भण्डारीको श्रीमती लक्ष्मी भण्डारीको प्रभु बैँक रघुगंगा शाखामा रहेको बैँक खातामा जम्मा गरिएको छ ।

दसैँ लगत्तै अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएका भण्डारीको घरपरिवारको अवस्था कमजोर रहेको र आम्दानीको भरपर्दो स्रोत नभएकाले उपचारमा समस्या भैरहेको छ । सहयोग गर्न चाहनेहरुका लागि मिर्गौला पिडित भण्डारीको श्रीमती लक्ष्मी भण्डारीको प्रभु बैँक रघुगंगा शाखामा रहेको खाता नम्बरको विवरण

laxmi bhandari 1630214248700019

phone : 9867763309

सहयोगदाताको नामावली र विवरण

1. @Sunil Subedi 30$
2. Krishna bhandari 75$
3 @Shiva R Thakuri 50$
4. @Nahkul Khadka 55$
5. @Narayan Bhandari 110$
6. @Nishan Bhandari Chhetri 50$
7. @Rabin bhandari 75$
8. @Sujan Bhandari Kshetry 100$
9. @susan bhandari30$
10. @Kishan Karki 50$
11. @Navin Chetri 50$
12. @Bishal Bhandari 60$
13. @Rajkumar Bhandari 50$
14. @Aasis Kshetry 60$
15. @Sajjan Sharma 50$
16. @Kissor Karki 50$
17. Bishal sapkota(chitwan) 30$
18. @Ranjit Shahi 100$
19. @Pawan Katuwal 50$
20. @Rejina Bhandari Chhetri 50$
21. @Ganesh Kshetry 50$
22. @Sud An 50$
23. @Sanam Bhandari Kshetry 50$
24. @Safal Karkee and @Krishna Khatri 100$
25. @Sabii Tilija Magar 50$
26. @Padam Bishwakarma 50$
27. @Gakul Bhandari & @Gajendra 101$
28. @Asmita Bhandari 50$
29. @Prabesh Chettri 30$
1706$