मुनामा बाढीले झोलुङ्गे पुल र कलभर्ट बगायो

  • १६ श्रावण २०८१, बुधबार
  • 6865 पटक पढिएको

म्याग्दी १६ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । गयराती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।
राती लेकाली क्षेत्रमा परेको बर्षाले खोला थुनिएर बाढी आउँदा तीन वटा पुल बगाएको शेरपुञ्जाले जानकारी दिनुभयो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्ण रुपमा अबरुद्ध बनेको छ । बाढीले दरखोला लघुजलविद्युत आयोजनाको ८ वटा पेनस्टक पाइप समेत बगाएको छ ।

त्यसैगरि मुनाकै घट्टैखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा समेत क्षति पु¥याएको वडा कार्यालयले जनाएको छ । मध्यरातमा परेको अविरल बर्षाले पु¥याएको क्षतिको विवरण संकलन भैरहेको धवलागिरी गाउँपालिका–३ मुनाका वडा अध्यक्ष देबिन्द्र रोकाले जानकारी दिनुभयो ।