‘मायाको आरती’ म्युजिक भिडियो सार्वजनिक

  • २४ असार २०८१, आईतवार
  • 379 पटक पढिएको

म्याग्देली कलाकार बिजुन खत्रीको स्वर रहेको लोकदोहोरी गीत ‘मायाको आरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

राजेन्द्र खत्रीको शब्द संकलन तथा प्रकाश पराजुलीको लय रहेको गीतमा लोकदोहोरी गायक बिजुन खत्री र गायिका समिक्षा अधिकारीको स्वर भर्नुभएको छ । गीतको म्युजिक भिडियोमा सुनिल क्षत्री र प्रिंयका कार्कीको मुख्य अभियन रहेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका सचिव समेत रहनुभएका गायक खत्री म्याग्दीमा लोकदोहोरी तथा गीतसंगीतको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।