४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी (तस्बिर/भिडियो)

  • १५ फाल्गुन २०८०, मंगलवार
  • 467 पटक पढिएको

म्याग्दी १५ फागुन । नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषा सहितको झाँकी प्रदर्शन गरिएको हो ।

स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ ।