कर्जा मिनाहा र कल्याणकारी सुविधा वितरण

  • २७ श्रावण २०७४, शुक्रबार
  • 2174 पटक पढिएको

म्याग्दी, २७ साउन । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो)को बेनी शाखाले जलजला गाउँपालीका ७ गुण्टेखेतका एक सेवाग्राहीको कर्जा मिनाहका साथै कल्याणकारी सुबिधा वापतको रकम उपलब्ध गराएको छ ।

गुण्टेखेत सम्बृद्ध ब्यवसायीक केन्द्रमा आवद्ध दिवंगत सदस्य धनसरी दर्जीले संस्थाबाट लिएको तिर्नबाँकी ४३ हजार ९८५ रुपैया कर्जा मिनाह गरी किरीया खर्च वापत तिन हजार ५५० र उहाँको संकलित बचत रकम २९ हजार ६९६ रुपैया श्रीमान चन्द्रे दर्जीलाई उपलब्ध गराइएको संस्थाले जनाएको छ ।


गुण्टेखेतमा आयोजित कार्यक्रममा वडा अध्यक्ष टुङ्गनाथ शर्मा र नेष्डो नेपाल बेनी शाखाका प्रबन्धक रामचन्द्र गौतमले रकम हस्तान्तरण गर्नुभएको थियो । नेष्डोको बेनी शाखाले बेनी नगरपालीका र २ गाउँपालीका तथा पर्वतको जलजला गाउँपालीकाको दुई हजार ७५६ विपन्न परिवारको उत्थानका लागि सामुहिक जमानीको आधारमा बिनाधितो ५५ करोड ८९ लाख २५ हजार ९५० रुपैया कर्जा लगानी गरेको जनाएको छ ।