म्याग्दी पोखरा चौतारीको नयाँ नेतृत्व चयन : अध्यक्षमा डा. मेखबहादुर खत्री
- २१ माघ २०८०, आईतवार
- 467 पटक पढिएको
सदस्यमा बिना पाइजा, लक्ष्मी पुन, कान्ति श्रेष्ठ, प्रेम घले, तमबहादुर रोका, लोकबहादुर भण्डारी, लोकनाथ भट्टराई, शेषराम पुर्जा पुन, दलमान छन्त्याल, शर्मिला खत्री, सरस्वती खड्का, हरि घिमिरे र धनबहादुर शेरचन छन् । सल्लाहकारमा डा. प्रेमबहादुर पुन, महेश पराजुली, पूर्णबहादुर पुन, डम्मर पुर्जा पुन, इ. रुजिन्द्र तुलाचन, दुर्गा घिमिरे, हेमबहादुर बानियाँ र डा. कृष्णचन्द्र रिजाल छन् ।
रामचन्द्र आचार्य संयोजकत्वको निर्वाचन समितिले निर्वाचनको काम गरेको थियो । सदस्यमा महेश पराजुली र डम्बर पुर्जा पुन थिए ।प्रमुख अतिथि संस्थाका सल्लाहकार एवं वरिष्ठ चिकित्सक डा. प्रेमबहादुर पुनले चौतारीले सामाजिक सेवामा गरेका महत्वपूर्ण कार्यको प्रशंसा गर्दै संस्थाको हितमा तन, मन र धनले सहयोग गर्न आग्रह गरे ।
संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष महेश पराजुली, सल्लाहकार तथा संस्थापक उपाध्यक्ष डा. मेखबहादुर खत्री, सल्लाहकार झलकनाथ शर्मा लगायतले संस्था स्थापना गर्नुको उद्देश्य, आवश्यकता र आफ्नो अनुभव सुनाए ।कार्यक्रममा पर्वत पोखरा समाज र बागलुङ पोखरा समाजका प्रतिनिधिले पनि बोलेका थिए ।
सहसचिव इ.रुजिन्द्र तुलाचनले संचालन गरेको कार्यक्रममा अध्यक्ष प्रेमशंकर बरुवालले पेस गरेको वार्षिक प्रतिवेवदन, उपाध्यक्ष गोपाल घिमिरेको आर्थिक प्रतिवेदन तथा विधान संशोधन समिति संयोजक डा. मेखबहादुर खत्रीले पेस गरेको विधान संशोधन प्रस्ताव सभाले पास गरेको छ । कार्यक्रममा स्वागत उपाध्यक्ष गोपाल घिमिरेले गरेका थिए ।
२०६३ सालमा स्थापित म्याग्दी पोखरा चौतारीले म्याग्देलीको हितमा विभिन्न कार्यक्रम गर्नुका साथै स्वास्थ्य शिविर, रक्तदान, विपत्तिमा परेका पीडितलाई खाद्यान्न सहयोग, बेरोजगार, वृद्धाश्रम, गुरुकुललाई खाद्यान्न एवं राहत सहयोग गर्दै आएको छ ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा गोपाल घिमिरे, उपाध्यक्ष कुलवीर राम्जाली, महासचिव झलकनाथ शर्मा, सचिव गोकर्ण बरुवाल, कोषाध्यक्ष माया केसी र सहकोषाध्यक्ष टेकबहादुर खत्री निर्वाचित भए ।