फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत, अध्यक्षमा हेमबहादुर बानियाँ चयन

  • २३ श्रावण २०७४, सोमबार
  • 6286 पटक पढिएको

म्याग्दी, २३ साउन । फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत बनेका छन् । आईतवार त्यहाँ रहेका म्याग्देलिहरुले बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरि म्याग्दी समाज फ्रान्स समेत गठन गरेका छन् ।

सो भेलाबाट हेमबहादुर बानियाँको अध्यक्षतामा म्याग्दी समाज गठन गरिएको हो । समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिब विनोद श्रेष्ठ, सहसचिबमा प्रकाश सुवेदी र कोषाध्यक्षमा सुन्दर पुन चयन भएका छन् ।

समितिको सदस्यहरुमा नविन कार्की, विकास शेरचन, सिद्ध पुन, सुक पुन, शेखर पुन, अजय भण्डारी, चन्द्रा केसी, पुष्पा कार्की, ओम गौचन , कृष्ण पुन रहेका छन् ।

त्यसैगरि बरिष्ठ सल्लाहकारमा पदम शेरचन र सल्लाहकारहरुमा बेलबहादुर केसी,  विक्रम भण्डारी, लालबहादुर केसी, मान बहादुर शेन्चुरी, सन्त पुन  चयन भएको म्याग्दी समाज फ्रान्सका कार्यसमिति सदस्य नविन कार्कीले जानकारी दिए ।

हेमबहादुर बानियाँको अध्यषता र विनोद श्रेष्ठको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । फ्रान्समा रहेका म्याग्देलिहरु पहिलो पटक संगठित बनेका हुन् ।