रिखार कपमा महिला भलिबलतर्फ धर्मनारायण इन्टरप्राइजेज र म्याग्दी बस व्यवसायी समितिको प्रायोजन

  • २१ श्रावण २०७४, शनिबार
  • 2545 पटक पढिएको

म्याग्दी, २१ साउन । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिता अन्र्तगत महिला भलिबलको प्रथम पुरस्कार बेनीस्थित धर्मनारायण इन्टरप्राईजेज एण्ड सुविन भाँडा पसल र दोश्रो पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समितिले गर्ने भएको छ ।


महिला भलिबलतर्फ विजेता टिमले नगद २५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्नेछ । राष्ट्रिय खेल समेत भइसकेको भलिबलको विकासका आयोजित प्रतियोगितालाई सफल बनाउन प्रायोजन गरेको प्रायोजक संस्थाहरुले जनाएका छन् । बेनीस्थित सँगमचोकमा रहेको धर्मनारायण इन्टरप्राइजेज एण्ड सुविन भाँडा पसलका प्रोपाइटर सुविन श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष हुन् । ‘सञ्चारमाध्यमले भलिबलको विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न खोज्नु धेरै सकरात्मक पक्ष हो । यसले जिल्लामा भलिबलको क्रेज बढाउन महत्वपूर्ण योगदान दिनेछ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘अन्य व्यवसायीहरुलाई पनि सहयोगका लागि आग्रह गरेका छौँ ।’ म्याग्दी बस तथा जिप सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले संस्थाको सामाजिक उत्तरदायित्वको क्षेत्रमा लगानी गर्ने योजना अनुसार प्रतियोगितालाई प्रायोजन गरेको बताए । ‘पत्रिकासँग हामीले निरन्तर सहकार्य गर्दै आएका छौँ, अहिले पनि सहकार्य गर्न पाउँदा खुशी लागेको छ’, उनले भने । सदरमुकाम बेनीको खुल्लामञ्चमा सञ्चालन हुने भलिबल प्रतियोगिताको तयारीलाई तीब्र पारिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा म्याग्दीका ४५ वडा मध्ये ४० वडाले सहभागिता जनाउने सुनिश्चित भइसकेको खेल÷रेफ्री संयोजक तेजेन्द्र बानियाँले जानकारी दिए । प्रतियोगितामा साउन ३० भित्र नामदर्ता भइसक्नुपर्ने छ । प्रतियोगिताको पुरुष भलिबलतर्फ विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३० हजार नगद र प्रमाणपत्र पाउनेछ ।