पश्चिम बागलुङमा पहिरोमा परि १ को मृत्यू ५ जना बेपत्ता खोजी कार्यजारी
- २० श्रावण २०७४, शुक्रबार
- 1555 पटक पढिएको
बागलुङ २० साउन । पश्चिम बागलुङमा पहिरोले १ जनाको ज्यान गएको छ भने एकै घरका चार सदस्य सहित ५ जना बेपत्ता भएका छन ।
हिजोदेखि लगातार परेको बर्षाले पश्चिम बागलुङमा घर माथिबाट खसेको पहिरोमा परि ढोरपाटन नगरपालिका– ५ अधिकारी चौँरका ५४ बर्षीय ओमबहादुर विकको ज्यान गएको छ ।
त्यस्तै बागलुङको निसीखोला गाउँपालिका–२ पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन । पहिरोमा पुरिएका ६३ बर्षीय नन्दकली छन्त्याल, बुहारी २२ बर्षिइ विन्दु छन्त्यालको शव निकालिएको छ । छन्त्यालको श्रीमान ६८ बर्षिय मणिमान छन्त्याल र १८ बर्षिय छोरी गिता छन्त्याल पहिरोमा बेपत्ता भएको बागलुङका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै निसिखोलाकै वडा नम्वर १ हुल्दीमा पहिरोमा पुरिएर एक महिला पहिरोमा बेपत्ता भएकी छन् । लालबहादुर सिंजालीकी ६५ बर्षिय आमा बेपत्ता भएको प्रहरी उपनिरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिए । भिषण बर्षापछि जिल्लाको पश्चिम भेगमा थुप्रै ठाउँमा पहिरो गएको छ । भने पहिरोमा परेर मानिसहरु बेपत्ता संगै धेरै घरहरु जोखिममा परेका छन् । कतिपय ठाउँमा स्थानीय बासिको सक्रियतामा उद्वार कार्य भईरहेका छ। भने स्थानीय बासीहरुको बर्षा संगै भएको क्षतीले जनजीवन प्रभावित बनेको छ ।
निसिखोला गाउँपालिका वडा ४ मा रहेको निसिखोला दोश्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार भन्दा बढी घरधुरी अध्यारेमा बस्न बाध्य भएका छन् ।