मोना युएईको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १ आश्विन २०८०, सोमबार
  • 261 पटक पढिएको

म्याग्दी, १ असोज । मोना युएईले नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा शनिबार हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा युएईको वर दुबई स्थित बैट अल जैर्यान रेस्टुरेन्टमा भेटघाट तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न गरेको हो । दर खाने कार्यक्रममा युएईमा रहेका म्याग्दी दिदिबहिनी तथा दाजुभाईको उपस्थित रहेको थियो ।


कार्यक्रमको उद्घाटन मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा मोना युएईमा संरक्षक ई.नन्द गर्बुजाले गर्नुभएको थियो । उहाँले प्रवासमा रहेपनि मौलिक कलासंस्कृति संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल वायु सेवा निगमकी प्रवन्धक अस्मिता सुवेदी, पर्वत सेवा समाज युएईका अध्यक्ष तिलक सापकोटा, सल्लाहकार भिम कुमार राना, तनहुँ सेवा समाजका महासचिव सुरिन भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मोना युएईका संरक्षक प्रकाश काकीै, नेपाली सोसियल एण्ड स्पोर्ट्स ग्रुप रासलखेमाका अध्यक्ष भरत गौतम र निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार जीवन सिग्देल ,लमजुङ सेवा समाजका सल्लाहकार तथा क्षेत्रीय तामाङ समाज रास अल खेमाका उपाध्यक्ष विकास थिङ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अवसरमा युएईमा व्यवसायी गर्दै आउनुका मोना युएईका संरक्षक प्रकाश कार्कीले सहभागी महिलाहरुलाई उपहारस्वरुप कस्मेटिक गिफ्ट वितरण गर्नुभएको थियो । कार्यसमितिका अध्यक्ष सुवास राम्जालीको सभापतित्व ,महासचिव बुढाथोकीले संचालन गर्नुभएको कार्यक्रममा संयोजक तथा उपाध्यक्ष यामकुमारी रोकाको स्वागत गर्नुभएको थियो । कार्यक्रममा माया पुनले स्वागत थाली नाच र सोनु पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो ।