एनआरएनए जापानको उपाध्यक्षमा सचिन श्रेष्ठ, क्षेत्रीय नागोयाको कोषाध्यक्षमा रुपेश पुन विजयी

  • १५ श्रावण २०८०, सोमबार
  • 437 पटक पढिएको

 

म्याग्दी, १५ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको उपाध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ विजयी हुनुभएको छ।

जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा २७१२ मत प्राप्त गर्दै नयाँ कार्यकाल ( २०२३– २५) का लागि उपाध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

आइतबार नै भएको निर्वाचनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान क्षेत्रीय समिति नागोयाको कोषाध्यक्षमा रुपेश पुन (रुपेश चोचाङ्गी पुन) विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा निर्वाचित पुनले २८५ मत प्राप्त गर्नुभएको थियो । मोना जापान क्षेत्रीय सचिव समेत रहनुभएका पुन यसअघि एनआरएनए क्षेत्रीय सदस्यमा रहेर काम गर्नुभएको थियो ।

उहाँले एनआरएनएको क्षेत्रीय कोषाध्यक्षमा विजयी गराउन भोट गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । एनआरएनए जापानको अध्यक्षमा नविन निउरे रहेको निर्वाचित हुनभएको छ।