उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

  • ३ चैत्र २०७९, शुक्रबार
  • 273 पटक पढिएको

काठमाडौं ३ चैत। उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए ।        उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले मत दिएको पाइएको छ । उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । जस अनुसार रामसहाय प्रसाद यादवले कुल ३० हजार ३२८ र अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत भार पाइन् । ममता झाले 2 हजार ५३७ र प्रमिला यादवले ४८ मत भार पाएका छन्  ।