सुनिल बानियाँले अभिनय गरेको आईफोन सेवेन बजारमा (भिडियो सहित)

  • ८ श्रावण २०७४, आईतवार
  • 5323 पटक पढिएको

म्याग्दी, ८ साउन । म्याग्दीका मोडल सुनिल बानियाँले अभिनय गरेको तिज गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । विन्ध्यबासिनी म्युजिक प्रालिबाट राजेश बर्देवाले बजारमा ल्याउनुभएको ‘आईफोन सेवन’ एल्बममा राजेश बर्देवा र रितु ब्रोकनको स्वर रहेको छ ।

कृष्ण कँडेल मित्रको शब्द तथा लयमा तयार गरिएको सो गितको म्युजिक भिडियोमा म्याग्देलि मोडेल सुनिल बानियाँ र मिना सेवानले अभियन गरेका छन् । म्याग्दीका मोडल बानियाँले दर्जनबढी म्युजिक भिडियोमा अभिनय र निर्देशन गरिसकेका छन् ।

सो गितमा आफ्नी श्रीमतीले श्रीमानलाई आइफोन सेभेन किनिदिन आग्रह गरेकी छिन भने श्रीमानले महंगोले गर्दा आफ्नो श्रीमतीका चाहना र मागहरु देखेर हैरानमा परेको अबस्थालाई चित्रण गर्न खोजिएको छ । रबिन शंकरको निर्देशन , सरोज अधिकारीको छायांकन अनि रबिन बिश्वकर्माको सम्पादनमा सार्वजनिक भएको म्युजिक भिडियोले भड्किलो बन्दै गएको चाडपर्व मनाउने संस्कृतिलाई हटाउनुपर्ने व्यंग्यात्मक रुपमा सन्देश दिएको छ ।