काठमाण्डौमा वेपत्ता भएकी धाईरिङकी शान्ति दश दिनमा भेटिइन
- ७ श्रावण २०७४, शनिबार
- 5212 पटक पढिएको
म्याग्दी, ७ साउन । विरामी भएर पोखरामा उपचाररत श्रीमानलाई भेट्न जाँदा ठाउँ पहिचान गर्न नसकेर काठमाण्डौ पुगेपछि सम्पर्क विहिन बनेकी धाईरिङकी शान्ति दर्जी दशदिनपछि परिवारको सम्पर्कमा आएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङकी २३ बर्षिया दर्जीलाई काठमाण्डौमा बेबारिस अबस्थामा फेला पारेपछि प्रहरीले वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा भेटीएकी हुन ।
काठमाण्डौ स्थित प्रहरी बृत जनसेवाले फेला पारी उनलई भकृटीमण्डप स्थित बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा राखेको थियो । काठमाण्डौमा पुगेको पहिचान भएपनि त्यहाँ पुगेपनि झण्डै एक साता भन्दा बढी दिन भईसक्दा समेत सम्पर्कमा नआएपछि आफ्नो श्रीमती खोज्न काठमाण्डौ पुगेका सन्ते दर्जीलाई केन्द्रले आज शान्तिको जिम्मा लगाइएको हो ।
श्रीमती खोज्दै काठमाण्डौ पुगेका सन्ते दर्जीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीलेसम्पर्क गरी उक्त कार्यालयमा सम्पर्क राख्न पठाए पश्चात हाल निज शान्ती दर्जीलाई उनका श्रीमान् तथा सासुको जिम्मा लगाईएको म्याग्दीकी प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताउनुयभो । आर्थिक अबस्था कमजोर रहेका दर्जीले बेनीमा आर्थिक संकलन गरि सम्पर्क विहिन बनेकी श्रीमती खोज्न काठमाण्डौ शुक्रवार पुगेका पुगेका थिए ।
उनले बजार ठुलो भएको र अन्य व्यक्तिहरुसंग राम्रोसंग बोल्न समेत नसक्ने भएर सम्पर्क विहिन बनेकी आफ्नो श्रीमती खोजी गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । बेनीमा भारी बोक्ने, पत्रिका बाँड्ने काम गर्दै जिविकोपार्जन गर्दै आएका दर्जीको श्रीमती काठमाण्डौमा वेपत्ता भएपछि विभिन्न संचार माध्ययम र सामाजिक सञ्जाल फेसबुक बाट समेत उनको खोजीको लागि तस्बिर सहित आह्वान गरिएको थियो ।