जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध
- ७ श्रावण २०७४, शनिबार
- 3283 पटक पढिएको
म्याग्दी, ७ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण सिधा सवारी अबरुद्ध बनेको छ । बर्षाको कारण रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल र अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा सडक माथिबाट पहिरो खसेपछि यातायात अबरुद्ध बनेको हो ।
पहिरो खस्ने क्रम नरोकिएको कारण अबरुद्ध सडक खुलाउन समस्या भएको बेनी–जोमसोम–कोरला सडक आयोजनका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो । थलथलेमा कुईठेभिरबाट निरन्तर पहिरो खसिरहेको र साँघुरो सडक भएको कारण सर्वसाधारण वारपार गर्न समेत समस्या भएको छ ।
पहिरोले सडक अबरुद्ध भएपछि सिधा सवारी नभएको कारण सर्वसाधारण र यात्रुहरुले नारच्याङ हुँदै घुमाउरो बाटोबाट वारपार गर्नुपर्ने बाध्यता भएको छ । बर्खायाम सुरु भएसंग बेनी–जोमसोम सडक खण्ड नियमित जसो ठाउँ ठाउँमा खस्ने पहिरो र कालिगण्डकी नदी कटानबाट प्रभावित बन्दै आएको छ ।