‘जनहितमा श्रोतकेन्द्र स्तरिय पढाई उत्सव’

  • ६ श्रावण २०७४, शुक्रबार
  • सुन्दर कुमार थकाली
  • 2029 पटक पढिएको

 मुस्ताङ,६,श्रावण । ‘रमाईलो पढाई,दिगो सिकाई’उद्घोष सहित बिद्यालयका स—साना वालवालिकाहरुको पढाई शिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालय जोमसोमले शुक्रवार जोमसोममा श्रोतकेन्द्र स्तरिय प्रारम्भिक कक्षा पढाई उत्सव भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले राष्ट्रिय पढाई उत्सव कार्यक्रम सन् २०१५ देखि देशका १६ जिल्लामा सुरु गरिएको हो।गत वर्ष देखि पश्चिमाञ्चल क्षेत्रको मुस्ताङ र रुपन्देहीमा सघन रुपमा कोट २ को कार्यक्रम संञ्चालन भएको हो ।मनाङ र कास्कीमा प्रारम्भिक कोट १ को पठन शिपको कार्यक्रम भएको छ ।जिल्ला शिक्षा कार्यालयको समन्वयमा ईजिआरसी नामक संस्थाले बिद्यार्थीको प्रारम्भिक पठन शिप बिकासमा प्राविधिक सहयोग गर्दे आएको प्रारम्भिक कक्षा पढाई कार्यक्रमका मुस्ताङ संयोजक बुद्धिबल थापा मगरको भनाई छ।उनले मुस्ताङका ५४ बिद्यालयका वालवालिकालाई यसप्रकार शिक्षा प्रदान गरिएको उल्लेख गरे।ति बिद्यालयमा अध्ययनरत वालवालिकाको पठनशिपको बिकास गराउँन प्रारम्भिक कक्षा पढाईका बिभिन्न सन्दर्भ सामाग्रीहरु बितरण गरिएको जानकारी दिए ।

मुस्ताङमा सघन शिक्षा पूरा गरेका वालवालिकालाई युएसआईडी अमेरीक संस्थाले सन् २०१८ देखि आर्थिक सहयोग पू¥याउँने भएको जिल्ला शिक्षा अधिकारी यूवराज बगालेको भनाई छ । यसअघि छोसेर श्रोतकेन्द्र,कागबेनी श्रोत केन्द्र,लेते श्रोतकेन्द्र,कोवाङ श्रोतकेन्द्र पठन शिप उत्सव संम्पन्न भएको हो भने शुक्रवार जनहित श्रोतकेन्द्र जोमसोममा कार्यक्रम गरिएको हो ।जिल्लाका ५४ बिद्यालयमा ईजिआसिले प्रारम्भिक कक्षा पढाई संम्पन्न गरेको हो ।कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने ६ बिद्यालयका वालवालिकालाई पठनशिप तथा दक्षता अभिबृद्धि गर्ने उद्दश्यले जनहित श्रोतकेन्द्र जोमसोमले पढाई उत्सव गरेको हो । सो अवसरमा प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारीले वालवालिका शिक्षण शिकाई गतिविधिमा उल्लास ल्याउन सकेमात्र शैक्षिक गुणस्तर बृद्धि हुँने बताए ।उनले कोरा किताबी र सैद्धान्तिक ज्ञानले मात्र वालवालिकको पठन सिपको बिकास नहुँने भन्दै वालवालिकालाई उत्प्रेरित गराउँन यसप्रकारका कार्यक्रम प्रभावकारी हुँने उल्लेख गरे ।

जिल्ला शिक्षा अधिकारी यूवराज बगालेले जिल्लाका ५४ बिद्यालयमा पठन उत्सव संम्पन्न भएको बताए ।शिक्षक महासंघ महासंघ मुस्ताङका अध्यक्ष राजु श्रेष्ठले वालवालिकाको मनोभावना पहिचान गरेर शिक्षक शिकाई गतिबिधि अगाडि बढाउँनु पर्ने तर्क गरे ।घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले वालवालिकाको पहिलो पाठशाला घर भएकाले वालवालिकाको पढाईमा अभिभावकको चाँसो रहन आवश्यक भएको बताईन् ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीले वालवालिकाको पठनशिपको बिकास गर्न अभिभावक र शिक्षक दुबैको भूमिका महत्वपूर्ण हुँने उल्लेख गरे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीको अध्यक्षतामा भएको पठाई उत्सव कार्यक्रममा स्वागत रामचन्द्र अधिकारीले गरेका थिए भने संञ्चालन माधववी भण्डारीले गरेका थिए ।

सुन्दर कुमार थकाली