म्याग्दी महोत्सव अन्तिम दिन लोक दोहोरीको फाइनल

  • ७ माघ २०७९, शनिबार
  • 617 पटक पढिएको

म्याग्दी, ७ माघ । बेनीमा संचालित म्याग्दी महोत्सवको अन्तिम दिन लोक दोहोरी गित प्रतियोगिताको फाइनल लगायतको कार्यक्रम हुने भएको छ ।

गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले समापन गर्ने महोत्सवमा लोकदोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी र म्याग्दी सामुदायिक पुस्तकालयविच दोहोरी गितको फाईनल हुने म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

त्यस्तै तेस्रो र चौथो स्थानका लागि श्रीकृष्ण हार्डवयर र बानियाँ गहना पसल विच प्रतिस्पर्धा हुने छ । लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश एक लाख ११ हजार १११ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ, ३० हजार र १५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

अन्तिम दिन चर्चित लोकदोहोरी गायक विष्णु खत्री, गायक महेस काफ्ले, बालगायक सुप्रिम मल्ल ठकुरी, गायक कृष्णसमिप सुवेदी, लोकदोहोरी गायक राम गगन, सज्जन बोहोराको प्रस्तुती हुने छ ।