प्रथम नगरसभामा पारित योजनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक
- २ श्रावण २०७४, सोमबार
- धिरन खत्री
- 2343 पटक पढिएको
म्याग्दी, २साउन । म्याग्दीको बेनी नगरपालिकाको विभिन्न शिर्षकमा बजेट विनियोजन भएको छ । पुजीगत तर्फ १५ करोड ५८ लाख बजेट मध्य ८ करोड ५० लाख ६ ओटा शिषर्कबाट १० ओटै वडालाई समेटेर बजेट विनियोजन भएको छ ।
सात करोड बजेट मध्ये बेनी नगरपालिकाका १ देखि १० वडालाई ५० लाखको दरमा ५ करोड विनियोजन गरेको छ । भने १ करोड पचास लाख म्याजिक फन्टमा विनियोजन गरेको छ भने ४८ लाख बजेट संस्थागत विकासका लागि विनियोजन भएको बेनी नगरपालिकाकाले जनाएको छ ।
बेनी नगरपालिकाले साढे आठ करोड बजेटमा आर्थिक विकास तर्फ १ करोड, सामाजिक विकास तर्फ १ करोड, पुर्वाधार विकास तर्फ १ करोड ७५ लाख, बातावरण तथा विपद् ब्यवस्थापन तर्फ ३ करोड ५० लाख बजेट विनियोजन मध्य योजना शिषर्कमा १ करोड ५० लाख बजेट विनियोजन भएको छ, संस्थागत विकासका तथा सेवाप्रवाहम १ करोड २५ लाख रकम विनियोजन भएको छ, भने वित्तिय ब्यवस्थापनको लागि ७५ लाख बजेट विनियोजन भएको उप– मेयर सञ्जु बरुवालले पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो ।
डम्पिङ साइडको लागि ६८ लाख, खुल्लामञ्च ब्यवस्थापन तथा निर्माणको लागि ६० लाख, बेनी पात्लेखेत सडक कालोपत्रे÷स्तारोन्नती गर्नका लागि १ करोड बजेट विनियोजन भएको छ ।
बेनी नगरपालिकाले सबै बडासम्म पक्कि सडक निर्माण, आधारभुत खानेपानी सुविधा विप ब्यवस्थापन, पर्यटन, कृषि, ब्यापार प्रर्वद्धन, कलासस्कृति र एतिहासिक प्राकृतिक तथा धार्मिक संरक्षण, एक वडा एक उत्पादन, रावण पार्क, एक घर एक विरुवा, सिचाई कुलो निर्माण तथा मर्मत, सुन्तला खेती प्रवद्धन लगायतको शिषर्कबाट बजेट विनियोजन भएको उप–मेयर बरुवालले बताउनुभयो ।
बजेट सार्वजनिकरण पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत विश्वमित्र कुईकेको सञ्चालनमा भएको कार्यक्रममा बडा अध्यक्ष रामकृष्ण बराईली र राजकुमार श्रेष्ठ तथा नगरपालिकाको कर्मचारीको उपस्थितमा सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको थिया्े ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l