मुस्ताङमा क्यान महासंघको अध्यक्षमा पूनः पौडेल सर्वसम्मत

  • २० मंसिर २०७९, मंगलवार
  • 298 पटक पढिएको

सुन्दरकुमार थकाली

जोमसोम– कम्प्यूटर एशोसिएसन नेपाल(क्यान)को मुस्ताङ शाखा अध्यक्षमा नारायण प्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।सोमबार जोमसोममा आयोजित क्यानको दोश्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनले पौडललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । क्यान महासंघ मुस्ताङ शाखाको दोश्रो साधारण सभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।क्यान महासंघ मुस्ताङको उपाध्यक्षमा सुजिता थकाली, सचिव राजु सेन्चुरी, कोषाध्यक्ष, अमर घताने छन् ।

सदस्यमा लक्ष्मण ढकाल र रहेका छन् । स्याङ्जा घर भई विगत १६ वर्षदेखि मुस्ताङमा निजामती सेवामा कार्यरत अध्यक्ष पौडेल साविक जिल्ला विकास समिति हुँदै हाल मुस्ताङको घरपझोङ गाउँपालिकामा कार्यरत छन् । उनी निजामती सेवाको छैटौ तहका कर्मचारी हुन् । क्यान शाखाको संस्थापक अध्यक्ष समेत रहेका पौडेल दोश्रो कार्यकालका लागि क्यान महासंघ मुस्ताङ शाखाका लागि अध्यक्ष पदमा चयन भएको क्यानका सल्लाहाकार रामप्रसाद शर्माले जानकारी दिए ।

क्यानका नवनिर्वाचित अध्यक्ष पौडेलले भौगोलिक रुपले विकट मुस्ताङ जिल्लामा सूचना र प्रविधिको विकासमा क्यानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।उनले मुस्ताङका शैक्षिक संस्था ,कार्यालय र कम्प्यूटर व्यवसायीहरुलाई सूचना र प्रविधिको विकास र क्षमता अभिवृद्धि गर्न विभिन्न तालिमका अवसरहरु सृजना गर्ने जानकारी दिए । हिमाली जिल्ला मुस्ताङमा २०७७ सालमा क्यान महासंघ गठन भएको हो ।क्यान शाखामा अहिले १७ जना सदस्य आवद्ध छन् ।

मुस्ताङमा कम्प्यूटर क्षेत्रमा आवद्ध सबैलाई एकताबद्ध बनाउँदै संस्थागत रुपमा कम्प्यूटर क्षेत्रको स्तरवृद्धि गर्दै लैजाने क्यानको योजना छ । सूचना र प्रविधिको विकास,कम्यूटर व्यवसाय तथा निजामती सेवामा कार्यरत कर्मचारीहरुको हकहित र क्षमता अभिवृद्धि गरी कम्प्यूटर सेवालाई दिगो,सेवामैत्री र भरपर्दो बनाउन क्यान महासंघ मुस्ताङले लक्ष्य राखेको छ । मुस्ताङमा क्यान गठन भएसंगै पछिल्लो समय उत्तरी कोरलानाकाका सीमावर्ती क्षेत्रमा समेत सूचना र प्रविधिको विकास भईरहेको छ भने जिल्लाका ५ वटै तहमा ईमेल ÷ईन्टरनेटको पहुँच पुगिसकेको क्यान महासंघले उल्लेख गरेको छ ।