ओखरबोटमा भुसरक्षणको समिक्षा

  • २८ असार २०७४, बुधबार
  • 1793 पटक पढिएको

म्याग्दी, २९ असार । मालीका गाउँपालीका ४ ओरखबोटमा बुधबार जिल्ला भुसंरक्षण कार्यालय मार्फत सञ्चालित सामुदायीक विकास तथा वन जलाधार संरक्षण आयोजना अन्तरगत चालु आर्थिक वर्षमा भएका गतिबिधिको समिक्षा गरिएको छ ।

कार्यक्रममा यस वर्ष कार्यालयको १७ लाख ४४ हजार ४९५ रुपैया अनुदान र समुदायको ११ लाख १२ हजार ७८० रुपैया बराबरको श्रमदानमा नदी किनारमा तटबन्ध निर्माण, सिचाई कुलो, मुहान संरक्षण, वृक्षारोपण, पावर महिला समूहमा घुम्ती कोष स्थापना, वृक्षारोपन र विरुवा वितरण लगायत १६ वटा योजना तथा कार्यक्रम सञ्चालन भएको जानकारी गराइएको थियो ।

मुक्ति पुनको अध्यक्षता, महिला उत्प्रेरक झिता पुनको सञ्चालन र सहायक भुसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले सहभागीले छलफलका क्रममा उठाएका प्रश्नको उत्तर दिनुहुदै कार्यक्रम सञ्चालनमा सहयोग गरेकोमा स्थानीयबासीलाई धन्यवाद दिनुभयो ।

२५ जनाको सहभागीता रहेको कार्यक्रममा वडा सदस्य उदयबिर रसाईली, माओवादी केन्द्रका लालमोहन रसाईली, पावर महिला समूहका नरदेवी पुन, वडा समन्वय समितिका ओमकुमारी पुन, पुरुषोत्तम प्राबिका प्रअ चुडामणी सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।