निबन्ध लेखनमा लिटल गार्डेन एकेडेमीकी अमिसा परियार प्रथम

  • २७ असार २०७४, मंगलवार
  • 3538 पटक पढिएको

म्याग्दी, २७ असार । २९ औँ विश्व जनसँख्या दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले मँगलबार जिल्लास्तरीय अन्तरमावि निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । विभिन्न विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा लिटल गार्डेन एकेडेमीकी अमिसा परियार प्रथम, जामुनाखर्क माविकी विजया शर्मा द्धित्तिय, बेनी सामुदायिक माविका अस्नमी शर्मा तृतिय र बेनी सामुदायिक माविकै सफल सुवेदी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

सन् १९८७ मा विश्वको जनसँख्या ५ अर्ब पुगेको उपलक्ष्यमा विश्व जनसँख्या दिवस मनाउन लागिएको हो । ‘व्यवस्थित परियार, समृद्ध राष्ट्रको आधार’ भन्ने नाराका साथ यो दिवस विश्वभर मनाईएको छ । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री र प्रमाणपत्र उपलब्ध गराईएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रोशन न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मीले नेपालले आफ्नो जनसँख्यालाई सहि तरिकाले सदुपयोग गर्न सके राष्ट्रको विकास हुने बताए । उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोखरेलले गरेका थिए ।