बेनी–जोमसोम सडक ३ दिनपछि सुचारु

  • १९ श्रावण २०७९, बिहीबार
  • 517 पटक पढिएको

बेनी, १९ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्रै सडक बेनी–जोमसोम सडक तीन दिनपछि सूचारु भएको छ । गत सोमबारदेखि पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालनमा आएको आएको । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिएपछि अबरुद्ध बनेको सडक मर्मत गरेपछि सञ्चालनमा आएको जनाइएको छ ।


सडक स्तरोन्नती भएसंगै सवारी साधनहरु आवत जावत गर्न थालेको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अुनसार, आज साँझदेखि सडक सुचारु भएपछि विच बाटोमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । अविरल बर्षासंग आएको पहिरोले काभ्रेभीर खसेको पहिरोले तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभीरमा करिब ५० मिटर सडक भाँसिएको थियो ।

मौसममा सामान्य सुधार आएपछि बुधवार देखि सडक मर्मत गनृ थालिएको थियो । सडक स्तरोन्नतिमा परिचालन गरिएको निमार्ण कन्ट्रक्सनको उपकरण र जनशक्ति परिचालन गरी बेनी–जोमसोम सिधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले जानकारी दिनुभयो । काभ्रेभीरमा सडक अवरुद्ध हुँदा पैदलयात्रीहरुले पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य भएका थिए । बर्षाको कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अबरुद्ध भएको सडकलाई सुचारु गराईएको छ ।