रुम पहिरो अपेडटः वेपत्ता तीनै जनाको शव फेला , एकै परिवारका पाँच जनाको मृत्यु
- १७ श्रावण २०७९, मंगलवार
- 1622 पटक पढिएको
म्याग्दी १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङमा आज बिहान पहिराले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । पहिरोमा घर संगै पुरिएका घामबहादुर विकको परिवारका पाँचै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा पुरिएर दुई जनाको मृत्यु र तीन वेपत्ता भएकोमा वेपत्ता भएका तीन जनाको समेत शब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
३८ बर्षिय घरमुली घामबहादुर, उनकी पत्नी ३४ बर्षिय राममायाँ विक, छोरा १८ बर्षका नविन विक, १५ बर्षका राजन विक र ७ बर्षिय छोरी अस्मी विकको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय गोठे विकको घर समेत बगाएको छ भने गोठे र उहाँकी श्रीमती गोरी विक घाईते हुनुभएको छ । उहाँहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ भने थप उपचारको लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी गरिएको छ ।
पहिरोमा पुरिएकाहरुको स्थानीयबासी, प्रहरी र जनपप्रतिनिधि समेतको टोली खोजी गर्दा शब फेला परेको बताइएको छ ।