गलेश्वरघाम आमा समुहद्वारा नगरका जनप्रतिनिधीहरुलाई सम्मान

  • ८ जेष्ठ २०७९, आईतवार
  • 923 पटक पढिएको

म्याग्दी, ८ जेठ । म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिएका छन् । शनिबार गलेश्वरघाम आमा समुहको आयोजनामा गलेश्वरमा बेनी नगर पालिकाकामा निर्वाचित प्रमुख सुरज केसी, उपप्रमुख ज्याती लामीछाने तथा वडा नम्वर ९का वाडा अध्यक्ष चक्रबहादुर केसी लगएतका जनप्रतिनिधिलाई बधाई तथा स्वागत गरिएको हो ।


बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरज केसीले नगरपालिकामा भित्र रहेको धार्मिक पर्यटकियस्थललाई आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै गलेश्वरबाट जगन्नाथ, टोड्के जोडेर मुस्ताङ पुग्ने पर्यटकलाई म्याग्दीको बसाई लम्ब्याउने किसिमले पुर्वाधार निर्माण गरेर गलेश्वरवासीको आयस्रोतमा थप टेवा पु¥याउने बतनाउनेुभयो ।


बेनी नगरपालिका उपप्रमुख जोती लामिछानेले आमा समुहहरु कुर्ची टेवलमा मात्रै सिमित नभएर जिवन स्थर उत्थान र आत्म निर्भर बनाउन आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । नगरपालिकालाई समृद्ध बनाउन हामीले आय आर्जनमा जोडिएर समाजलाई टेवा पुग्ने खालको सिममुलक योजनाहरु ल्याउने छौ, ‘उहाँले भन्नु भयो’ । मुक्तिनाथको मुख्य प्रवेस द्वार मानिने बेनी गलेश्वरको फोहर ब्यववस्थापन गर्न नगरपालिकाले प्रतिनिधित्व गर्ने योजनामा रहेको लामीछानेले बताउनुभयो ।

बेनी नगरपालिका ९ घतानका वडाध्यक्ष चक्र बहादुर केसले नेता भएर होईन जनताको सेवक बनेर नगरवासीको सेवा गर्ने बताउनुभयो ।नेपाली कांग्रेस म्याग्दीका लिल्ला सदस्य तथा दलित संघ म्याग्दीका उपाध्यक्ष बालकुमार लामिछानेले देशको पाँचौ स्थानमा रहेको दलित समुदाय म्याग्दीमा २८ हजार जनसंख्या मध्य नगरपालिकामा करिब १० हजार दलित समुदाय रहेको बताउनुभयो । गलेश्वर शिवालय विकाश क्षेत्रका उपाध्यक्ष बमबहादुर पुन गलेश्वार आमा समुहकी सहसचिव नविना केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । गलेश्वरघाम आमा समुहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षता, बिन्दु पुर्जाको स्वागत र निशा जिसीको सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।