कोरला नाकामा राजस्व संकलनमा वृद्धि

  • १४ असार २०७४, बुधबार
  • 2807 पटक पढिएको

 

मुस्ताङ, १४ असार । मुस्ताङ र चीन जोड्ने कोरला नाकामा गत बर्षको तुलनामा दोब्बर राजस्व वृद्धि भएको छ । नाकामा संचालित मेलामा किनमेल गर्न जानेको संख्या बढेसंगै राजस्व असुली समेत दुई गुणाले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । असार १ देखि खुलेको नाकामा नेपाल तर्फका व्यापारी र सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

आइतबारबाट सो नाका पुनः बन्द गरिएको छ । मेलाबाट ६ लाख ४१ हजार राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । गतवर्ष मेलाबाट ३ लाख २७ हजार राजस्व उठेको थियो ।

भन्सार महसुलमा कडाइ र व्यापारीको संख्या बढेकोले राजस्वमा वृद्धि भएको भन्सार प्रमुख शुक्र दर्शन ढुंगानाले बताउनुभयो ।

नेपालका व्यापारीलाई सामान खरिद गर्न चीनका स्थानीय अधिकारीले दुवै देशको सहमतिमा वर्षको दुइ पटक नाकाको गेट खोलेर व्यापारिक मेलाको आयोजना गर्ने गरेका छन् ।