साझपानीको देउराली आधारभुत विद्यालयमा युवाहरुको सक्रियता विधुतिय पुस्तकालय

  • ८ असार २०७४, बिहीबार
  • धिरन खत्री
  • 2643 पटक पढिएको

म्याग्दी,८ असार । रघुगंगा गाउँपालिका–२ साझपानीमा रहेको देउराली आधारभुत विद्यालयमा विधुतिय पुस्तकालय स्थापना हुने भएको छ। रोजगारीको शिलशिलामा विदेश गएका युवाहरुको सक्रियतामा विधुतिय पुस्तकालय स्थापना गर्न लागिएको हो ।


विद्यालयमा ईलाईवेरी स्थापना गर्न लागि साझपानीका युवाहरुको सक्रियतामा रु ३ लाख जुटाएका छन् । त्यस्तै गाउँमै घरदैलो अभियानबाट रु ८० हजार भन्दा बढी संकलन भएको र सहयोग आउने क्रम जारी रहेको विधुतिय पुस्तकालयका संयोजक बालकृष्ण खत्रीले बताउनुभयो ।

विद्युतिय पुस्तकालयले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउँदै स्वदेश तथा विदेशमा रहेका युवाहरुले विद्युतिय पुस्तकालयको लागि देखाएको सक्रियता महत्वपूर्ण रहेको संयोजक खत्रीले बताउनुभयो ।


पुस्तकालयको लागि अहिलेसम्म कम्युटर लगायतका आबश्यक सामान खरिद गरिसकिएको छ । ‘गाउँ रुपान्तरणका लागि यूवा अभियान’ भन्ने मुल नाराका साथ स्थानीयको सक्रियतामा समिति निर्माण गरि विद्यालयको शैक्षिक गुणस्तर विकास गर्नका लागि पहिलो बर्ष रु १० लाख अक्षकोष बनाउने अभियान स्थापना गर्ने लक्ष्य लिईएको थियो । उक्त कोषमा अहिले रु ४ लाख भन्दा बढि रकम संकलन भएको गाउँ रुपान्तरण लागि युवा अभियान समितिका अध्यक्ष सुर्यबहादुर भण्डारीले जानकारी दिनुभयो। म्याग्दीमा सरकारी विद्यालयमा शैक्षिक गुणस्तर विकास गर्न विधुतिय पुस्तकालय तिव्रता संगै देउराली आधारभूत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गर्न युवाहरु सक्रिय भएका हुन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l