राजनीतिक दललाई बोलाएर प्रमुख निर्वाचन आयुक्तले दिए वैशाखमा चुनाव गर्न दवाव

  • ३० पुष २०७८, शुक्रबार
  • 672 पटक पढिएको

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् ।  राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् ।

शुक्रबारको सर्वदलीय बैठकमा थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गराउन माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा गरिसक्नुपर्ने बताए । ‘स्थानीय तहको निर्वाचन विकल्प छैन । समयमै निर्वाचन गर्नुपर्छ । कानुन बमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ,’ उनले बैठकमा भने,  ‘त्यसैले छिट्टै निर्वाचनको मिति तोकेर जानुपर्छ । माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा हुनुपर्छ ।’

आयोगले ०७९ साल वैशाख १४ गते एकै चरणमा वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, त्यसबारे सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । आयोगले माघ पहिलो साता निर्वाचनको मिति घोषणा गरिए सय दिनभित्र पनि निर्वाचन गर्न सकिने बताएको छ ।

आज सर्वदलीय छलफल गरेको आयोगले अब प्रधानमन्त्रीसँग यस विषयमा परामर्श गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले सर्वदलीय बैठकमा स