घुम्टे युवा परिवार जापान शाखाको अधिवेशन: अध्यक्षमा थापा चयन 

  • २९ पुष २०७८, बिहीबार
  • 1107 पटक पढिएको

थम्मन थापा
बागलुङ २९ पौष । गलकोट नगरपालिका ७ मल्मबाट रोजगार र अध्ययनको सिलसिलामा जापानमा रहेका मल्मबासीको साझा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
टोकियोको सिन ओकुवोमा सम्पन्न अधिवेशनले दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त थापा, अरुणा थापा, सचिवमा तुलबिर थापा सह सचिवमा गंगा थापा, बाबुराम थापा, कोषाध्यक्षमा विष्णु थापा, सह कोषाध्यक्षमा दिपक कार्की र पतिराम थापा निर्वाचित भएको निर्वाचन समितीका संयोजक खगराज गौतमले जानकारी दिए ।
समितीको सदस्यहरूमा मनोज थापा, नवीन खड्का, देवि चोख़ाल, मिठु थापा, देव खड्का, हरिसिंह केसी, जीवन खड्का, गगन थापा, यम थापा, प्रकाश थापा, दिपक चोखाल, कृष्ण खत्री, प्रकाश कार्की, महेन्द्र थापा, कृष्ण केसी, दिनेश गौतम र कृष्ण खड्का रहेका छन । सो अवसरमा खेल संयोजकमा मनोज केसी, सह संयोजकमा पदम थापा र युवा संयोजकमा प्रकाश केसी र महिला संयोजकमा कल्पना खड्का चयन गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै संस्थाका संरक्षक तथा प्रवास समन्वय समिति पूर्वी एसियाका संयोजक हर्क थापाले सामाजिक एकता, सदभाव सहित खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले स्थानिय स्तरमा समाज परिवर्तन र विकासमा मुख्य भूमिका खेलेकोले अब जन्मभुमि र कर्मभुमिमा रहेका  मल्मबासी नागरिकले नमुना कार्यहरु प्रस्तुत गर्नुपर्ने बताएका छन ।
त्यस्तै सामाजिक अभियान्ता एवं गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष कालिका थापाले शाखाले मानवीय स्वास्थ्य, शिक्षा र खेलकुदको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा खुशी व्यक्त गरिन । उनले समाज रूपान्तरणको क्षेत्रमा संस्थाले सकरात्मक भुमिका निर्वाह गर्नुपर्ने बताईन ।
सो अवसरमा संस्थाको केन्द्रिय समितीका पुर्व उपाध्यक्ष विकास खडका सुन्दर, पूर्व सह सचिव खगराज गौतम, गलकोट समाज जापान नागोया क्षेत्रीय समितिका अध्यक्ष रामुकाजी थापा, शिक्षाप्रेमी प्रदिप थापा र पूर्व खेलाडी कृष्ण थापाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष दिलबहादुर थापा रामुले संस्थाको अवधारणा सहित कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भनें शाखाका सचिव दिनेश थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष संग्राम साहानीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
घुम्टे युवा परिवार जापान शाखाले स्थापनाको छोटो अवधिमा शिक्षा, स्वास्थ्य, खेलकुद, मानवीय सेवा लगायतका क्षेत्रमा झण्डै १ करोड बराबरको कार्य गरेको छ । अधिवेशनमा जापान शाखालाई विभिन्न क्षेत्र र अभियानमा रचनात्मक सहयोग र योगदान गरेका महानुभावलाई सम्मान गरिएको थियो ।