अहिले पनि प्रतिगमनको खतरा टरेको छैन : प्रचण्ड

  • १८ मंसिर २०७८, शनिबार
  • 614 पटक पढिएको

चितवन १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रतिगमनकाको खतरा रहेको बताएका छन ।

नेकपा माओवादीकेन्द्रको सुवेच्छुक संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन चितवनमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

 

जनता र देशको विरूद जनविरोधीहरूले अहिले पनि षड्यन्त्र गरिरहेका बताए ।उनले यस्ताे विशेष समयमा पत्रकार र संचारमाध्यमकाे प्रमुख जिम्मेवारी भनेकाे जनतालाई सहि सूचना दिएर जनतालाई बलियाे बनाउनु पर्ने बताए ।

पत्रकार साथीहरू हरूवैचारिक र चेतनाकाे लडाइँको माेर्चामा जनतालाई साथ दिने र सरकारलाई पनि खबरदारी गरेर निरकुशतालाई पराजित गर्नुछ उनलेभने ‘ ।

 

राष्ट्रिय महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी छन् ।यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी छन् ।

 

देशभरका संगठनमा आवद्व करिब ९ सय प्रतिनिधिको उपस्थिति रहेको छ ।सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।