भकिम्लिमा अपाङता भएका रोकाको परिवारलार्ई घर उपहार

  • २ असार २०७४, शुक्रबार
  • धिरन खत्री
  • 4504 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लिमा अपांगता भएका मानसिङ रोकाको परिवारलाई भुकम्पप्रतिरोधात्मक घर उपहार दिईएको छ। शारिरिक रुपमा अपांगता र आर्थिक रुपमा विपन्न भएको कारण रोकाको परिवारलाई अपांग संघ म्याग्दीमा समन्वयमा आई एन. एफ , वडा कार्यालय भकिम्लि र स्थानीय आमासमुहको सहयोग र श्रमदानमा घर निर्माण गरिएको हो ।


जिर्ण घरमा बस्दै आएका रोका परिवारलाई निर्माण गरिएको घर शुक्रवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । आइ.एन. एफ नेपाल कास्की सामुदायिक कलष्टरको करिव २ लाख ९८ हजार ६४८ रुपैयाँ, बडा नम्बर ३ ( साविक भकिम्ली गाविसको) २२ हजार र स्थानीय बासी तथा आमासमुहको ७१ हजार बराबरको १६५ दिनको जनश्रमदानको सहयोगमा भुकम्प प्रतिरोधात्मक र अपाङ्ग मैत्री घर र चर्पि निर्माण गरिएको हो ।


शारिरिक रुपमा अशक्त मानसिङ रोका, अपांगता भएकी छोरी कमारी रोका र नातिनि कल्पना रोका पहिला ढोका नभएको खरको गोठमा बस्दै आएका थिए । साविक भकिम्लि गाविस, अपाङ्ग संघ म्याग्दीको विशेष पहलमा र आई. एन.एफको आर्थिक सहयोगमा निर्माण गरिएको घरमा परिवारलाई स्थानान्तारण गरिएको छ ।


उक्त परिवारलाई नवनिर्मित भुकम्प प्रतिरोधात्मक र अपाङ्गमैत्री घरलाई हस्तान्तरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पौडेलले समाजमा शारिरिक अपांगता र आर्थिक रुपमा विपन्न परिवारलाई सो घरले आवासको लागि सुविधा पुग्ने बताउनुभयो । आई. एन. एफ कास्की र स्थानीय बासीको सक्रियता विपन्न परिवालरलाई समाजमा सुरक्षित बनाउन घर निर्माणमा सक्रियतालाई प्रशंसा गदै धन्यवाद ब्यक्त गर्नु भएको थियो ।


त्यस्तै आई. एन. एफ कास्कीका कार्यक्रम संयोजक बुद्धिबहादुर थापा, सामुदायिक कलष्टर म्याग्दीका विष्णु गिरि, नवनिर्वाचित वडा सदस्य मनकुमारी पुन, वडा सचिव शिव शर्मा, स्वाभलम्भी आमासमुहका अध्यक्ष खिमकुमारी रोका, पिपलडाँडा आमासमुहका अध्यक्ष खिमकुमारी रोका लगायतले मन्तव्य राख्नुभएको थियो ।

आर्थिक गतिविधि विमला केसीले प्रस्तुत गर्नुभएको कार्यक्रम अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता आमासमुहका अध्यक्ष खिमकुमारी रोकाको स्वागत मन्तव्य र अपांग संघका सचिब सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

हस्तान्तरण कार्यक्रममा उक्त घर निर्माण कार्यमा सहयोग पु¥याएकोमा वडा सचिव शिव शर्मा, पिपलडाँडा आमासमुह र स्वाभलम्भि आमासमुहलाई आइ.एन.एफद्धारा सम्मान गरिएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l