बावियाचौरमा गरिमाको वित्तिय शिक्षा कार्यक्रम

  • २८ जेष्ठ २०७४, आईतवार
  • 2217 पटक पढिएको

म्याग्दी, २८ जेठ । गरिमा विकास बैंकले शनिबार मंगला गाउँपालिकाको बावियाचौरमा वित्तिय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, यूवा क्लव, गाउँपालिका अन्र्तरगतका विद्यालय, आमा समुह, विद्यार्थीको उपस्थितीमा भएको कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका प्रमुख सतप्रसाद रोकाले वित्तिय शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।


उहाँले गरिमाले बावियाचौर शाखाबाट धेरैलाई राहत मिलेपनि अझै गाउँपालिकाको दुर्गम क्षेत्रसम्म बैंकिङ पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका अन्र्तरगत बरंजा, अर्मन, कुहुँ, बाबियाचौरक वडा अध्यक्षले सामाजिक सुरक्षा भत्तालाई वडास्तरमै पुगेर वितरणको वातावरण बनाउन अनुरोध समेत गरेका थिए । कार्यक्रममा बावियाचौर–२ का वडा अध्यक्ष धन बहादुर खाती, मंगला शिक्षा क्याम्पसका प्रमुख कासिनाथ गौतम, बावियाचौरमा समाजसेवी नरसिंह बहादुर केसी लगाएतले मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, वित्तिय सेवा सुविधा,गरिमाका नयाँ योजाना, बचतको दिर्घकालिन फाईदा, विद्यार्थी उमेर समुहमा वित्तिय शिक्षा, आम्दानीको स्रोत पहिचान लगाएत वित्तिय क्षेत्रमा बारेमा गरिमा विकास बैंकका लघुवित्त प्रमुख नविन प्याकुरेलले सहजिकरण गर्नुभएको थियो। सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले वित्तिय शिक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा गरिमाको सेवासुविधामा आर्कषण बढेकाले आगामी दिनमा समेत नयाँ कार्यक्रमका साथ आउने प्रतिबद्धता समेत जनाउनुभएको थियो । कार्यक्रममा मंगला गाउँपालिका अन्र्तरगत रहेका जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै मंगला माविका ३, शिसु कल्याण मावि अर्मनका २, महेन्द्र रत्न मावि बरंजाका २, दिपशिखा मावि कुहुँका २, त्रिभुवन मंगला माविका २ र राष्ट्रिय जनजागृति मावि कुहुँ पुर्णगाउँका २ जनालाई प्रति ब्यक्ति तीन हजार बराबारको पोशाक, झोला र स्टेनशनरी साम्रागी सहयोग गरिएको थियो । बैंकका बरिष्ठ प्रवन्धक अनुमान श्रेष्ठ लगाएतको उपस्थिती रहेको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । देशभर ४५ शाखा रहेको बैंकले बावियाचौर र दरवाङबाट लघुवित्त सेवा समेत सुरु गरेको छ ।