शिक्षक संघद्धारा जनप्रतिनिधिहरुलाई सम्मान

  • २७ जेष्ठ २०७४, शनिबार
  • 2465 पटक पढिएको

 

म्याग्दी,२७ जेठ । नेपाल शिक्षक संघ म्याग्दीले स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार बेनीमा सम्मान गरेको छ ।

बेनी नगरपालीका स्तरीय कार्यसमिति गठनका लागि भएको कार्यक्रमको अवसरमा बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलीजा लगायत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मेयर श्रेष्ठ र अध्यक्ष भण्डारीले संबिधानले विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाईनै दिएको जानकारी गराउदै अब शैक्षिक गुणस्तर सुधार गरी सामुदायीक विद्यालयहरुको शैक्षिक स्तर उकास्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य नेत्रबहादुर महत, जिल्ला सदस्य माधवप्रसाद रेग्मी, अजयमिलन श्रेष्ठ, बेनी नगर सभापती अनोद श्रेष्ठ, संघका सल्लाहकार दिपक श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षता, सचिव गजेन्द्र श्रेष्ठको सञ्चालन र उपाध्यक्ष नगेन्द्र खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।