सिंगाका युवा कृषक खड्कालाई खर्वुजा बजारीकरणमा भ्याइनभ्याई (फोटो फिचर)

  • २५ जेष्ठ २०७४, बिहीबार
  • 8116 पटक पढिएको

म्याग्दी, २५ जेठ ।  म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरि आकर्षक आम्दानी गर्न सफल हुनुभएको छ । म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरि बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गर्नुभएको थियो ।

म्याग्दी नदीले कटान गरेको खेत सहित ६ रोपनी खेतमा खर्वुजा खेती गर्नुभएका खड्काले यो बर्ष उत्पादन भएको खर्बुजा बजारीकरण गर्न थालेको बताउनुभयो । उहाँले एक रोपनी बगरमा गरेको खर्वुजा खेतीबाट मात्रै उत्पादन भएको करिब तीन सय किलो खर्वुजा विक्रि भईसकेको जानकारी दिनुभयो ।
‘‘ पाँच रोपनी मकैबारीमा समेत खर्वुजा खेती गरेको थिए, दुई साताभित्र यो पनि बजारीकरण भैसक्छ, यो बर्ष करिब एक हजार किलो खर्बुजा विक्रि हुने अनुमान गरेको छु’’–कृषक खड्काले भन्नुभयो ।
उहाँले बजारमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ सम्ममा खर्बुजा विक्रि गर्नुभएको छ । बिषादी रहित तवरले उत्पादन गरेकाले स्वास्थ्यलाई समेत लाभदायी हुने भएकाले गर्मियाममा बजारमा खर्बुजाको माग उच्च हुने उहाँको अनुभव छ ।


जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा उपलब्ध भएको बिउ लिएर खर्वुजा खेती सुरु गर्नुभएका खड्काले आगामी बर्ष २५ रोपनी मकैखेतमा खर्बुजा खेती गर्ने योजना रहेको बताउनुभयो ।


उहाँले खर्वुजासंगै उखु खेती समेत विस्तार गर्ने तयारी गर्नुभएको छ । खड्का संगै बेनी नगरपालिका–४ सुर्केमेलाका भिम बहादुर बानियाँले समेत व्यवसायिक रुपमा खर्वुजा खेती गर्दै आउनुभएको छ ।