घारमा जनप्रतिनिधिहरुलाई सम्मान

  • २२ जेष्ठ २०७४, सोमबार
  • 3391 पटक पढिएको

म्याग्दी, २२ जेठ । अन्नपूर्ण गाउँपालिका–६ घारमा सोमबार जनप्रतिनिधिहरुलाई सम्मान तथा विश्व वातावरण दिवस मनाईएको छ । मुक्तिमार्ग मावि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा आयोजित हाजिरी जबाफ प्रतियोगितामा मुक्तिमार्ग मावि प्रथम र खिबाङ आधारभुत विद्यालय द्धितिय हुन सफल भएका छन् । 

मुक्तिमार्ग मा बि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख डमबहादुर पुनले वातावरण संरक्षणको लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माण र वातावरण एक आपसमा जोडिने भएकाले विकास निर्माणसंगै वातावरण संरक्षणका कुराहरुलाई समेत गाउँपालिको बिषेश ध्यान दिने बताउनुभयो ।


कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल, एक्यापका प्रतिनिधि आनन्द सुवेदी, विद्यालयका पुर्ब प्र अ दिल बहादुर बरुवाल, शिक्षक अबिभावक संघका अध्यक्ष फौद बहादुर बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुन, वडाअध्यक्ष बरुवाल लगायत वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । शिक्षक प्रतिभा कटेल ले हाजिर जवाफ प्रतियोगिताको सहजीकरण गर्नुभएको कार्यक्रममा प्र अ मेख बहादुर खड्काले स्वागत गर्नुभएको थियो भने ठकराज बरुवालले सञ्चालन गर्नुभएको शिक्षक भक्तबहादुर बरुवालले जानकारी दिनुभयो । सो अबसरमा गाउँ सरसफाई समेत गरिएको थियो ।