मा वि स्तरीय शैक्षिक समाग्री प्रदशनिमा जामुनखर्क प्रथम

  • २१ जेष्ठ २०७४, आईतवार
  • राकेश शर्मा
  • 2552 पटक पढिएको

म्याग्दी २१ जेठ । जिल्ला बाल कल्याण समिति म्याग्दीको आयोजना तथा जिल्ला शिक्षा कार्यालयको सहयोगमा मावि स्तरिय शैक्षिक सामाग्री प्रदशनी गरीएको छ । 

उक्त कार्यक्रममा भुकम्प प्रतिरोधि घरको सामाग्री प्रदशनी गरी जामुनखर्क माविका सुनिल बिक, दिवाकर पौडेल प्रथम, विधुतिय भ्याकुम क्लिनिर प्रदशनी गरी राष्ट्रिय माविका सलिन कार्की, निरज खत्री द्धृतिय, जेनेलीर प्रोजेक्टर प्रदशनी गरी लिटन गाडेन एकेडेमीका सुदिप्ता पौडेल, एलिना नेपाली तृतिय र मोटर पावर बोर्ड प्रदशनी गरी बेनी सामुदायक माध्यामिकका रोशन के सी र निशान कटुवाल सान्त्वना भएका छन् ।

प्रथम द्धृतिय र तृतिय हुनेले क्र्रमश नगद रु तिन हजार पाँच सय, दुई हजार पाँच सय, एक हजार पाँच सय र ७ सय ५० नगद सहित पुरस्कृत भएका छन् । प्रकाश माविमा भएको कार्यक्रममा बाल सन्जालका अध्यक्ष दिपक परियारको सभापतित्व , प्रकाश माविका प्रध्यानध्यापक हरिकृष्ण सुवेदीको मन्तव्य र रन्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

राकेश शर्मा