रघुगंगाकाे माैवाफाँटमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो
- २४ फाल्गुन २०७७, सोमबार
- 2389 पटक पढिएको
उर्मिला रेग्मी
म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिका र स्थानीय आमा समूहले संयुक्त रुपमा अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । गाउँपालिकाको आयोजनामा प्रभातफेरी सहितका कार्यक्रम गरि दिवस मनाईएको हो । पवित्र आमा समूहका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा सदस्य प्रेमनाथ शर्माले उद्यमशिलता र सिर्जनसिलता मार्फत महिलाहरु आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी दयाराम पाैडेल, आमा समूहका यामकुमारी गर्वुजा, कमला शर्मा, ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मी, सुनिता शर्मा, दृष्टिविहिन स्रोत कक्षाका शिक्षक गणेश सुवेदी, स्वास्थ्यकर्मी जयन्ती पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । देवी रिजालको स्वागत र मुना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा दृृष्टिविहित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो भने ज्येष्ठ महिलाहरुलाई फलफुल वितरण गरिएको थियो ।