प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै, सुरक्षा अबस्था कडा

  • ११ फाल्गुन २०७७, मंगलवार
  • 950 पटक पढिएको

काठमाडौँ ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्धाको आजै निर्णय सुनाउने तयारी भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दाबारे संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् ।

अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ । फैसलालाई मध्यनजर गर्दै सर्वोच्च अदालत वरपरको सुरक्षा अबस्था कडा बनाईएको छ ।