राखु समाज बेल्जियमको आयोजनमा समाजसेवी मल्ललाई सम्मान

  • १७ जेष्ठ २०७४, बुधबार
  • 6938 पटक पढिएको

म्याग्दी, १७ जेठ । राखु समाज बेल्जियमले रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी तथा तत्कालिन राखु भगवती गाउँ पञ्चायतका पूर्व गाउँ प्रधानपञ्च देवेन्द्रबहादुर मल्ललाई सम्मान गरेको छ । भम्रणको शिलसिलामा बेल्जियम पुग्नुभएका मल्ललाई समाजले एक कार्यक्रमका बिच सम्मान गरेको थियो ।

सो क्रममा समाजसेवी मल्ल संगै बेल्जियम पुग्नुभएका राखु समाज बेलायतका अध्यक्ष अमर मल्ल, सदस्यहरु कुशुम मल्ल, अर्जुन मल्ल, पुष्पा मल्ल, प्रविण मल्ल लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा राखु समाज बेल्जियमका जेष्ठ नागरिक घनश्याम शाही, राज गिरी, लालबहादुर मल्ल लगायत राखु समाज बेल्जियमका सदस्यहरुले खादा तथा फुलमालाले सम्मान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन योगेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै समाजसेवी देवेन्द्रबहादुर मल्लले प्रवासी राखुबासीले सामाजिक क्षेत्रमा पु¥याएको योगदान प्रसंसनीय रहेको बताउँदै आफ्नो गाउँठाउँको विकास र सामाजिक क्षेत्रमा संधैहातमालो गर्न आग्रह गर्नुभयो ।

तस्बिर सौजन्य योगेन्द्र श्रेष्ठ