कतारमा ज्यान गुमाएका दर्जिका परिवारलाई मोनाद्धारा रु ६० हजार सहयोग

  • १३ पुष २०७७, सोमबार
  • 1963 पटक पढिएको

म्याग्दी १३ पुस । कतारमा ज्यान गुमाएका म्याग्दीको बेनी नगरपालिका–५ पुरुण्डीका मंगलसिंह दर्जिको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय मार्फत रु ६० हजार सहयोग हस्तान्तरण गरिएको छ । मोनाको आपतकालिन कोषबाट रु ५० हजार र मोना कतारको रु १० हजार गरि एकमुष्ठ ६० हजार रुपैयाँ सहयोग रकम मृतक दर्जिकी श्रीमती मायाँलाई हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, मोनाका महासचिब विक्रम कार्की मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मोना हङकङका पूर्व अध्यक्ष दल शेरपुजा लगायतकाे समेत उपस्थिती रहेकाे थियाे । कतारमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमै बसेको अबस्थामा दर्जिले ज्यान गुमाएका थिए । सहयोग हस्तान्तरण गर्दै प्रजिअ अधिकारीले प्रवासी म्याग्देलीको परोपकारी कार्यको प्रसंसा गर्नुभयो । उहाँले सिंगो जिल्लाबासीलाई एउटै परिवारको रुपमा लिने र आपतविपतमा सहयोग गर्ने म्याग्देलीहरुको कार्य नेपालमै नमुना र अनुसरणयोग्य रहेको बताउनुभयो ।